काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज नेपालका दुई खेलाडीको प्रतिस्पर्धा हुँदैछ । सुटिङ खेलाडी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाले आज प्रतिस्पर्धा गर्दैछन् ।
सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ ।
शुक्रबार उद्घाटन भएको पेरिस ओलम्पिकमा शनिवार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेकोमा दुवै खेलाडी पराजित भए । टेबलटेनिसका श्यान्टु श्रेष्ठ मेन्स सिंग्ल्सको प्रारम्भिक चरणमै सेनेगलका खेलाडीसँग ४-० ले पराजित हुँदै बाहिरिए ।


















