काठमाडाैं । कुवेतमा अलपत्र परेका चार जना नेपालीको उद्धार गर्न सफल भएकाे छ भने बाँकी जना नेपाली श्रमिककाे उद्धार कार्य जारी रहेकाेछ ।
एजेन्टले कुवेत पुर्याएर करिब चार महिनादेखि अलपत्र पारेका उनीहरूको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गर्न सफल भएकाे हाे ।
नवलपरासी घर भएका नौ जना मध्य चार जनालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकीय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर)ले जानकारी गराए । यसका साथै अन्य पाँच जनाको उद्धार लागि पहल भइरहेको मुसलमानले जानकारी गराए ।


















