राष्ट्रिय निकुञ्जमा दुई महिनाभित्र चार गैँडाको मृत्यु

288

चितवन / चितवन राष्ट्रिय निकुञ्जमा भदौयता कालगतिले चारवटा गैँडा मरेका छन् । भदौ ११ गतेदेखि कात्तिक ९ गतेसम्म विभिन्न स्थानमा चारवटा गैँडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लोपटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्बर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैँडा मरेको हो । बुढो भएर हिँडडुल गर्न र चर्न नसकेपछि निगरानीमा राखिएको गैँडा मरेको उनले जानकारी दिए ।

यसअघि असोज २९ गते भरतपुर महानगरपालिका– २८ को बरदाहा सामुदायिक वनमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । त्यसअघि असोज ५ गते सौराहाको खोरसोरमा र भदौ ११ गते राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैँडा मृत अवस्थामा भेटिएको थियो । ती सबै गैँडा कालगतिले मरेका हुन् ।

गत वर्ष निकुञ्ज क्षेत्रमा कालगिितका कारण ४१ वटा गैँडा मरेका थिए । चोरी–सिकारीबाट गैँडा मर्न नपाए पनि पछिल्ला वर्षहरूमा कालगतिबाट धेरै गैँडा मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मृत्युका कारण अध्ययन गर्न समिति गठन गरी काम अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here