चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालिलाई एकैपटकमा २५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको छ।
यातायात व्यवसायीहरूको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार तथा अन्य यातायात व्यवसायीका प्रतिनिधि र यातायातसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले भने, ‘यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा हामी सम्पूर्ण सीजी मोटर्स परिवार अत्यन्तै हर्षित र गर्भान्वित भएका छौँ। सुपर माउण्ट एभरेष्ट यातायात व्यवसायी प्रालिलाई गाडी हस्तान्तरण गर्दै गर्दा, उहाँहरुले वातावरण संरक्षणतर्फ लिनुभएको सो कदमलाई हामी हृदयबाटै धन्यवाद दिन चाहन्छौं।’
उनले बजारमा प्रचलित डिजेल भ्यानहरूसँग तुलना गर्दा इलेक्ट्रिक माइक्रो भ्यानहरूले खर्च कटौती गर्ने र प्रति किलोमिटरको २ रुपैयाँ भन्दा पनि कम अपरेटिङ खर्च आउने दाबी गरे।
कम्पनीका अनुसार किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ किलोवाटको ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा एबीएस, इबीडी, १८० एमएम ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता विशेषताहरु पाउन सकिन्छ भने उक्त गाडीलाई २० प्रतिशत बाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ।
ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उतिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुने कम्पनीले जनाएको छ।


















