शुक्रवार कर्णाली प्रदेशमा सार्वजनिक बिदा

29

काठमाडाैं । शुक्रवार कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

यो वर्षको नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी) साउन २५ गते परेको  छ । उक्त दिन कर्णाली प्रदेशभित्रका सम्पूर्ण सरकारी संघ, संस्थाहरूमा सार्वजनिक बिदा दिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here