भूकम्पको धक्का पूर्वी नेपालमा महसुस

33

झापा ।  भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर  भूकम्प गएको छ।

४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो।

उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि महसुस गरिएको जनाइएको छ।

भूकम्पको केन्द्रबिन्दु रहेको नाम्ची आसपासमा के कति क्षति भयो भन्ने कुराको जानकारी आइसकेको छैन।

भूकम्पको केन्द्रबिन्दु नाम्चीबाट ९ किलोमिटर टाढा रहेको बताइएको छ।

भूकम्प बिहान ७ बजेर १२ मिनेट जाँदा गएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here