रोल्पामा चर्चमाथि पहिलो खस्दा एक जनाको मृत्यु

40

रोल्पा । रोल्पामा चर्चमाथि पहिलो खस्दा एक जनाको मृत्यु भएको छ। अर्की एक किशोरी घाइते छिन्।

आइतबार बिहान ४ बजेतिर जिल्लाको रोल्पा नगरपालिका – २ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीका अनुसार पहिरोमा परी  रोल्पा नगरपालिका–१० धाङ्सी घर भइ सोही चर्चमा बस्दै आएकी धनजित बुढा मगरको मृत्यु भएको हो।

पहिरोका कारण जिल्लाको सुनछहरी गाउँपालिका – ३ मौलावन घर भइ सोही चर्चमा बस्दै आएकी १८ बर्षीया नौभा घर्ती मगर घाइते भएकी छन् ।

घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार जारी रहेको प्रहरी निरीक्षक बराकोटीले जानकारी दिए। चर्चामा १० जना बस्दै आएको भए पनि अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here