नेपालको ओडिआई वरीयतामा १ स्थान माथि उक्लियाे

24

काठमाडौं । नेपालको ओडिआई वरीयतामा १ स्थान माथि उक्लिएको छ। क्यानडा वरीयतामा २ स्थान तल झर्दा नेपालले वरीयतामा १ स्थान सुधार गरेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताक्रममा नेपाल १६औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १७ औं स्थानमा थियो।

क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरीयतामा पछि पारेको थियो।

तर नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजको चारै खेलमा पराजित भएपछि क्यानडाको वरीयता खस्किएको हो। दुई स्थान खस्किएर क्यानडा १८औं स्थानमा पुगेको छ।

एसोसिएट तर्फको शीर्ष स्थानमा स्कटल्यान्ड रहेको छ। नेपालभन्दा अघि रहेका एसोसिएट राष्ट्रमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। ओडिआई वरीयताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन्।

टि‌ ट्वान्टी आई तर्फ भने नेपाल १७औं स्थानमा कायमै रहेको छ। टि ट्वान्टी आईको शीर्ष स्थानमा भारत कायम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here