काठमाडौं । एक लाखभन्दा बढी नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अन्तिम चरणमा पुर्याएको छ।
पहिलो चरणको छानबिन अन्तिम चरणमा पुगेको अख्तियार स्रोतले जनाएको छ। ‘प्रहरीले अनुसन्धान गरेका र विभिन्न समयमा विदेश बसेका र त्यहाँबाट फर्किएका व्यक्तिलाई दिइएको लाइसेन्सलाई आधार मानेर गरिएको छानबिन अन्तिम चरणमा पुगेको छ’, अख्तियार स्रोतले भन्यो।

















