काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ । उनीहरुलाई आज वरिष्ठ प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीयस्तरीय निर्णयबाट नगर प्रहरी नायब निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायब निरीक्षकमा तह वृद्धि गरिएको महानगरले जनाएको छ ।

















