कीर्तिपुर माध्यामिक विद्यालयका एस. ई.ई उत्तीर्ण विद्यार्थीहरु सम्मानित

90

काठमाडौं । कीर्तिपुर माध्यामिक विद्यालय (की.मा.वि.) २०५२ एसएलसी समूहको आयोजनामा यस बर्षको एस. ई.ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गत भाद्र १० गते सोमबार गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर मा.वि. व्यवस्थापन समितिका अध्यक्ष अमृत महर्जनले साे विद्यालयबाट उच्च अंक ल्याउने  छात्रको तर्फबाट (३.०५) सर्वोत्कृष्ट हुने विष्णा बिकलाई भगवान्को  बुद्ध मुर्ति  प्रदान गरिनुका साथै कार्यक्रमका सभापति एवम् कीर्तिपुर माध्यामिक विद्यालय २०५२ समुहका अध्यक्ष  सुनिल तण्डुकारले छात्राको तर्फबाट सर्वाेउत्कृष्ट हुने हेमराज विसी (३.५१) लाई सरस्वतिकाे मुर्ति प्रदान गरिएकाे थियाे ।

उक्त कार्यक्रममा किर्तिपुर मा. वि. विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि राजकुमार महर्जन,  विद्यालयका प्रधानाध्यापक सरला प्रधान अतिथिका रुपमा पाल्नु भएको थियो ।

कीर्तिपुर माध्यामिक विद्यालय कीर्तिपुरकाे शैक्षिक उन्वन्यन अतुल्नीय योगदान  दिदै आइरहेको शैक्षिक संस्था हाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here