वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान

44

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको जनाएका छन्।

शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्याप्टेन थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताएका हुन्।

सभापति देउवाले भने, ‘उहाँ (क्याप्टेन थापा)ले पहिल्यैदेखि मलाई व्यक्तिगत रुपमा पनि धेरै ठूलो मद्दत गर्नुभएको छ। पार्टीलाई पनि। यसकारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भने तापनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो। मैले त्यसै रुपमा लिएको छु। यो कुरा लुकेर लुक्ने कुरा छैन।’

उनले क्याप्टेन थापा प्रधानमन्त्री ओली निकटको व्यक्ति भनेर चिनिने भए पनि उनी सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here