करेन्ट लागेर मृत्यु

26

काठमाडौं । सुनसरी, रामधुनी नगरपालिका-४ एकराई घर भएका ५० वर्षीय पाचु उराउको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका-२ स्थित निर्माणाधिन घरमा वाईरिङको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । बारा, जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका-३१ केहुनिया घर भएका १८ वर्षीय राजन पटेलको करेन्ट लागेर शनिबार राती मृत्यु भएको छ ।

सोही ठाउँस्थित विद्युतीय मोटर जडान भएको कलबाट पानी चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here