नेपालमा जलविद्युत, पर्यटनमा लगानी गर्न रुस इच्छुक

39

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको जनाएका छन् ।

बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत जंगबहादुर चौहानको सुनुवाइका क्रममा उनले पछिल्लो समय रुसले नेपालमा जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानीका लागि इच्छा देखाएको तर अप्रत्यक्ष रुपमा आउन चाहिरहेको जनाए ।

‘उनीहरु प्रत्यक्ष होइन, अप्रत्यक्ष रुपमा आउन खोजिरहेका छन् । प्रत्यक्ष रुपमा आउने बाटो के होला ?’ प्रस्तावित राजदूतलाई माओवादी उपमहासचिव शर्माको प्रश्न छ ।

नेपालमा विगतमा जुट मिल, चिनी कारखाना रुसी सहयोगमै खुलेको उनले स्मरण गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here