भ्रष्टाचारविरुद्ध अभियान्ता बाेहरालाई प्रमले समय नदिएपछि …

36

काठमाडौं । अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी अभियान चलाउँदै सुर्खेतदेखि खाली खुट्टा काठमाडौं आएका नवराज बोहरा प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका बोहराले ओलीसँग भेट गर्न नपाएपछि मुख्यसचिवलाई आफ्ना कुरा राखेका छन् ।

बोहरा सोमबार सुर्खेतबाट ३० दिनमा काठमाडौं आएर कलंकी बास बेसेका थिए भने ३१ औँ दिन मंगलबार सिंहदरबार पुगेका हुन् ।

कर्णालीमा सुशासन निम्ति अनियमितता र भ्रष्टाचार विरुद्ध जनचेतनामुलक अभियान सुरु गर्दै बोहरा जेठ ४ गते सुर्खेतबाट पैदल हिँडेका थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here