पोखरीमा डुबेर तीन जना बालकको मृत्यु

25

धनुषा । लक्ष्मिनिया गाउँपालिका-७ कुम्हरौरास्थित पोखरीमा डुबेर ३ जना बालकको बुधबार राती मृत्यु भएको छ ।

पोखरीमा डुबेर सोही ठाउँ बस्ने दिलिप साहको छोरा ७ वर्षीय आयुस कुमार साह, सबैला नगरपालिका-१ बस्ने परशुराम साहको छोरा १२ वर्षीय सुशान्त प्रसाद साह र महोत्तरी बर्दिबास नगरपालिका-६ बस्ने सरोज कुमार साहको छोरा ९ वर्षीय आदित्य साहको मृत्यु भएको हो ।

डुबेर अशक्त भएका आयुष र आदित्यको सेन्ट्रल अस्पताल लक्ष्मिनियामा उपचारको क्रममा मृत्यु भएको हो भने सुशान्त प्रसादको जानकी हेल्थ केयर जनकपुर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here