गठबन्धन सरकार दलालहरुले बनाएकाे हाे : ओली

48

काठमाडौं । संसदको रोष्ट्रममै वर्तमान काँग्रेस–एमाले गठबन्धनको सरकारलाई ‘दलालहरुले बनाएको गठबन्धन’को आरोप लागिरहँदा अब त्यो आरोप सडकमा पनि गुञ्जन थालेको छ । बिहिबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीलेसमेत वर्तमान ‘ओली सरकार माफिया र दलालहरुले बनाएको’ दाबी ग¥यो ।

“वर्तमान सरकार दलाल पुँजीपतीहरुले नै बनाएको सरकार हो ।” क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले भने “यो हामीले लगाएको आरोप होइन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकारेको तत्थ्य हो । एउटा पुष्तक विमोचन कार्यक्रममा बोल्दा प्रधानमन्त्री ओलीले वर्तमान गठबन्धन बनाउन एकजना दलाल पुजीपतिको नामै किटान गरेर आफू नेतृत्वको सरकार निर्माणमा उहाँहरुको ठूलो हात रहेको बताएका थिए ।”

आगामी मंसिर १३ देखि २३ सम्म काठमाडौंमा हुन गइरहेको पार्टीको एकता महाधिवेशन बारे जानकारी दिन सो पत्रकार सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा बोल्दै प्रवक्ता ओलीले आफूहरुले वर्तमान संविधानलाई नमाने पनि यसमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक–समावेशीतालगायतका उपलब्धिहरुलाई यो सरकार समाप्त गर्नतर्फ उद्धत रहेको भन्दै त्यसको कडा शब्दमा विरोध गरे ।
विश्व परिघटना बारे बोल्दै ओलिले आफ्नो पार्टी प्यालेस्टाइन् जनताको पक्षमा रहेको स्पष्ट पारे । यूक्रेन र रसियाबीचको लडाई साम्रज्यवादी स्वर्थको उपज रहेको उनको दाबी थियो । त्यहाँ देखिनलाई यूक्रेन देखिए पनि त्यो वास्तबमा अमेरिका र रसियाबीचकै युद्ध रहेको ओलीको भनाई थियो ।

सो पत्रकार सम्मेलनको सञ्चालन पार्टीका कार्यालय सदस्य तथा महाधिवेशन प्रचार प्रशार समितिका संयोजक राम सिंह श्रीसले गरेका थिए । कार्यक्रममा सो पार्टीका कार्यालय सदस्य सिताराम तामाङलगायत सो पार्टीका केन्द्रीय तहका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here