एएफसी च्याम्पियन्स लिग एलिटको पहिलो संस्करण सोमबारदेखि सुरु

43

काठमाडौं। एएफसी च्याम्पियन्स लिग एलिटको पहिलो संस्करण सोमबारदेखि सुरु हुँदैछ। जसमा क्रिस्टियानो रोनाल्डो, नेयमार र रियाद महरेजजस्ता स्टार खेलाडीले साउदी अरेबियाका क्लबलाई एसियामा सफलता दिलाउन चाहन्छन्।

अल–नासर, अल–हिलाल र अल–अहली आगामी मे मा हुने फाइनल जित्ने र साउदी प्रो लिग (एसपीएल) को विश्वकै उत्कृष्ट मध्येको एक बन्ने महत्वाकांक्षालाई बलियो बनाउने प्रबल दाबेदार हुन्।

सन् २०२३ र २०२४ को समर ट्रान्सफर विन्डोमा एसपीएल क्लबहरूले युरोपियन लिगबाट शीर्ष स्तरका खेलाडी ल्याउन १ अर्ब डलरभन्दा बढी खर्च गरेका थिए। अल–हिलालका मिडफिल्डर रुबेन नेभेस सन् २०२३ मा इङ्लिस प्रिमियर लिगको वोल्भरह्याम्पटन वान्डरर्सबाट करिब ६ ० मिलियन अमेरिकी डलरमा अल–हिलालमा आबद्ध भएका थिए।

‘प्रिमियर लिगलाई साउदी फुटबलसँग तुलना गर्नुहुन्छ भने ४० डिग्री (सेल्सियस, १०४ फरेनहाइट) मा अझ बढी दौड्न्छु,’ नेभेसले भने, ‘म शारीरिक रुपमा राम्रो अवस्थामा छु। क्रिस्टियानो र म दुवैले प्रमाणित गरिसकेका छौं साउदी फुटबलमा गुणस्तर छ।’

अल–हिलाल एसियाको सबैभन्दा सफल टोली हो। यो टोले चार महाद्वीपीय उपाधिहरू जितेको छ र आफ्नो यात्रा कतारको अल–रेयानविरूद्ध खेल्दै सुरु गर्दछ। रोनाल्डोले पाँच पटक युइएफए च्याम्पियन्स लिग जिते पनि अल–नासरबाटट्रफी जित्न सकेका छैनन्। उनले इराकका अल–सर्टाको सामना गर्नेछन् भने महरेज र अल–अहलीले जेद्दाहमा इरानको पर्सेपोलिसको सामना गर्नेछन्।

प्रतियोगितामा सहभागी हुने टोलीको संख्या ४० बाट घटेर २४ मा झरेको छ। यसअघि ४० टोलीलाई १० समूहमा विभाजन गरेर खेलाइन्थ्यो। अहिले भने सहभागी २४ टोलीलाई दुई समूहमा विभागजन गरेर खेलाइनेछ। हरेक समूहको शीर्ष आठमा रहने आठ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। पूर्वी क्षेत्रमा चीन, दक्षिण कोरिया र जापानका तीन टोली प्रतियोगितामा छन्। अस्ट्रेलियासँग सेन्ट्रल कोस्ट मेरिनर्स मात्र छ।

ए–लिगका क्लबहरूले पछिल्ला वर्षहरूमा च्याम्पियन्स लिगमा संघर्ष गर्दै आएका छन्। तर, यदि मेरिनर्स सफल हुन सक्यो भने भविष्यमा अस्ट्रेलिया टोलीले थप स्थान पाउन सक्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here