चाडपर्व लक्षित ‘शुभ यात्रा’ अफरको घोषणा

28

काठमाडाैं । ईपीएसले आउँदै गरेका महान् चाडहरू दसैँ–तिहार तथा छठलाई लक्षित गरेर ‘शुभ यात्रा’ अफरको घोषणा गरेको छ ।  कम्पनीले फ्लाइट तथा बसको टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक क्यास ब्याक तथा छुट पाउन सकिने ‘शुभ यात्रा’ अफर ल्याएको हो ।

उक्त योजना बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स र बस सेवा ट्राभल एन्ड टुरको टिकट भुक्तानीमा लागू हुने कम्पनीले जनाएको छ ।

उक्त योजनाअन्तर्गत बुद्ध एयरको टिकट खरिद गरेर कनेक्ट आईपीएसबाट भुक्तानी गर्दा ग्राहकहरूले १०१ रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् । त्यस्तै, श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा ५०१ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिन्छ । यती एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा ‘वाईटीसीआईपीएस’ प्रोमो कोड प्रयोग गरे २५० रुपैयाँ एयरलाइन्सबाट छुट पाउनुका साथै २५१ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने क्मपनीले जनाएको छ ।

त्यस्तै, बस सेवाबाट टिकट काटेर कनेक्ट आईपीएसबाट भुक्तानी गर्ने पहिलो १ हजार जना ग्राहकले ५१ रुपैयाँ क्यासब्याक पाउनेछन् । यी सम्पूर्ण अफरहरूमा प्रतिबैंक खातामा एकपटक मात्र क्यासब्याक प्राप्त हुनेछ भने सो अफर ५ देखि १६ असोजसम्म लागू हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here