काठमाडाैं । चालू आर्थिक वर्षको दुई महिनामा २ खर्ब ३७ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ ।
चालू आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्म देशको व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रुपैयाँ पुगेको हो ।
गत आर्थिक वर्षको भदौ महिनासम्म देशको व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० लाख रुपैयाँ रहेको थियो । जुन यस वर्ष १.७८ प्रतिशतले बढेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार भदौसम्म २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँको वस्तु आयात भएको छ ।
त्यस्तै, दुई महिनामा २५ अर्ब ९ करोड ३१ लाख ३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।
गत वर्षको सोही अवधिमा नेपालले २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । जुन यस वर्ष ५.१२ प्रतिशतले घटेको छ ।


















