काठमाडौं। समीर तामाङको ह्याट्रिक मदतमा नेपालले नेपालले एएफसी यु-२० एसियन कप छनोटमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको छ । समूह बी मा नेपालको यो पहिलो जित हो । नेपालले दुई खेबाट ३ अंक जोडेको छ ।
पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ ले पराजित भएको थियो । न्यु ताइपेइस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा समीरले ह्याट्रिक गरेका हुन् ।
नेपालले समूहको आफ्नो तेस्रो खेलमा बुधबार उज्वेकिस्तानको सामना गर्नेछ । यस्तै नेपालले समूहको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ । एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर छनोट प्रतियोगिता खेलाइएको छ । हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यू२० एसियन कपका लागि सिधै छनोट हुनेछन् । यस्तै उपविजेतामध्ये उत्कृष्ट ५ उपविजेता टोलीले पनि एएफसी यू२० एसिया कपमा स्थान बनाउनेछन् । चीन आयोजकको रुपमा सिधै छनोट भइसकेको छ ।


















