प्रचण्डकी नातिनी र टंकले ल्याए ‘चिटिक्कै परी बस’

258

काठमाडौं /  टंक बुढाथोकी र  सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘चिटिक्कै परी बस’ बोलको गीतमा सुनीता नेपालका शब्द छन् भने दिपक शर्माको संगीत छ । यस्तै गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, दीपिका कार्की लगायतले अभिनय गरेका छन् भने सरोज ओलीले भिडियोको निर्देशन गरेका हुन् ।

रोमान्टिक गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अर्जुन केसीले सम्पादन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here