ऐतिहासिक कराते च्याम्पियन स्वदेश फिर्ता

29

काठमाडौं । सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।

चीनको हान्झाउमा आयोजित २० औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायतले स्वागत गरेका थिए ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here