काठमाडौं । उदयपुर, चौदण्डीगढी नगरपालिका-४ वरपानी बस्ने ६५ वर्षीय मुगाधन राई सोही ठाउँस्थित पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, घोराही उपमहानगरपालिका-७ सुकवारीस्थित बबई नदीको किनारमा सोही उपमहानगरपालिका-७ बेलहरी बस्ने ४७ वर्षीय अर्जुन खनाल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, शम्भुनाथ नगरपालिका-६ कठौनास्थित राईस मिलको छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
मोरङ, विराटनगर महानगरपालिका-१४ सिंघीया खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















