काठमाडौं । ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका-३ गैरीगाउँ बस्ने दुर्गा बहादुर आङबोहाङ लिम्बुको घरमा आइतबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, हल्दिबारी गाउँपालिका-३ रमाईलो चोक बस्ने तारा बल गिरीको घर र ग्वालीमा गए राति आगलागी हुँदा करिब १२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानिय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















