नेप्से २ सय ५०० अंक नाघ्याे

32

काठमाडौं । सोमबार सेयर बजारले २ सय ५०० अंक नाघेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम भएको हो । परिसूचक बढ्दा करोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७१ करोडको भयो ।

आज २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने एउटाको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रका सूचक बढे । बैंकिङ १.१८, विकास बैंक १.९३, फाइनान्स ४.१९, होटल तथा पर्यटन ३.२८, हाइड्रोपावर १.२२, लगानी २.४५, जीवन बीमा १.७८, उत्पादन ३.८३, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा ०.७१, अन्य २.३७ तथा व्यापार समुह १.५२ प्रतिशत बढे ।

यस दिन मूल्य धेरै बढेका १० कम्पनीमा ४ वटा सिमेन्ट कम्पनी रहे । अर्थात् सूचीकृत चार वटै सिमेन्ट कम्पनी मूल्य उच्च दरमा बढेका टप १० कम्पनीमा परे । सीईडीबी हाइड्रोपावरको १०, युनाइटेड मोदी हाइड्रोको ९.५, सर्वोत्तम सिमेन्टको ९.४, सोनापुर सिमेन्टको ९.१, शिवम् सिमेन्टको ७.९, माहुली लघुवित्तको ७.३, हाथवे इन्भेस्टमेन्टको ७.१, घोराही सिमेन्टको ६.८ प्रतिशत मूल्य बढ्यो ।

दसैँतिहारपछि निर्माण क्षेत्र चलायमान हुने संकेतका कारण लगानीकर्ता यस क्षेत्रमा मोडिएका छन् ।

बाढीपहिरोले क्षति पुर्‍याएका संरचना निर्माणका क्रममा पनि सिमेन्टको माग बढ्ने भएकाले यस क्षेत्रमा लगानी आकर्षण देखिएको हो । अघिल्लो दिन पनि यिनै सिमेन्ट कम्पनीको मूल्यकै कारण समग्र बजार घटे पनि उत्पादन क्षेत्र बढेको थियो ।

यस दिन एनएलजी इन्स्योरेन्सको मूल्य ४.६ प्रतिशत घट्यो । त्यस्तै इङ्वा हाइड्रोपावरको मूल्य ४.१, अपर स्याङ्गे हाइड्रोको ३.९, सगरमाथा जलविद्युतका् ३.२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रह्याे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here