काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु-२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।
नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह, प्रशिक्षक जगदीश भट्टलगातयले मंगलबार टोलीको बिदाइ गरे ।
च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ ।


















