काठमाडौं । कपिलवस्तु, वाणगंगा नगरपालिका-८ बालापुरस्थित वाणगंगा खोलाको किनारामा सोही नगरपालिका-४ दरखास्त बस्ने ४९ वर्षीय एच कुमार नायक क्षेत्री मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-१० मधुवनीस्थित खाल्डोमा सोही ठाउँ बस्ने १८ वर्षीय सुरेन्द्र कुर्मी मंगलबार मृत अवस्थामा फेला परेका छन् । सर्लाही, बलरा नगरपालिका-३ लक्ष्मीपुरस्थित उखु बारीमा जमेको पानीमा सोही नगरपालिका-१ हथिऔल बस्ने २७ वर्षीय पवन गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सर्लाही, लालबन्दी नगरपालिका-१६ परवानीपुर बस्ने ७४ वर्षीया जगत देवी बस्नेत आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । ललितपुर, माहाकांल गाउँपालिका-२ मानिखेल लछ्छेबास बस्ने सुपारी स्याङ्तानकी छोरी १३ वर्षीया संजिता स्याङतान सोही ठाउँस्थित तिप्ती खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । 3 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















