नेप्से परिसूचक २७.३९ अंकले घट्यो

24
काठमाडौं ।  साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २७ दशमलव ३९ अंकले घटेको छ । आज सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको हो । आज बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बजारमा २ सय ४४ कम्पनीको सेयर कारोबार हुँदा २ सय ७ कम्पनीको मूल्य घटेको छ । ३५ कम्पनीको मूल्य बढ्दा २ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ ।

परिसूचकमा उच्च गिरावट हुँदा आज बजारमा १३ मध्ये १२ वटा उपसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूह भने आन स्थिर रहेको छ ।

आज बजारमा सबैभन्दा धेरै गिरावट फाइनान्स कम्पनी उपसमूहको २.७६ प्रतिशतले भएको छ । बैंकिङ र माइक्रोफाइनान्स उपसमूहबाहेक बाँकी सबै उपसमूहका परिसूचकहरू एक प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले  १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै स्टर्न हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here