प्रहरी निरिक्षक सुरज खत्रीले पाए असोज महिनाको उत्कृष्ट प्रहरी अवार्ड

29

 

कृष्णनगर । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मासिक रुपमा दिदै आएको उत्कृष्ट प्रहरी पुरस्कार इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले पाएका छन्।

संगठनले दिएको जिम्मेवारी पूर्ण रूपले कर्तव्यनिष्ट भई अपराध अनुसंधान र प्रहरी कार्यवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै हिन्दू हरूको महान चाड बडा दशैको अवसरमा मूर्ति विसर्जनमा व्यवस्थित रूपमा प्रहरी परिचालन तथा स्थानीय स्तरमा राम्रो समन्वयात्मक भूमिका निर्वाह गरि आम नागरिक माझ प्रहरी संगठनको गरिमामा योगदान पुर्याएकाले प्रशंसा पत्र सहित सम्मानित भएका छन्।

प्रशांत पत्र पाएकाले कृष्णनगरका स्थानीय हरुले प्रहरी निरिक्षक सुरज खत्रीले गरेको राम्रो कामको उचित मूल्यांकन गर्दे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सम्मान गरेको राम्रो कदम रहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक निरंजन दत्त भट्टको हस्ताक्षरित प्रशंसा पत्र आज प्रदान गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here