नेप्से परिसूचक उकालो लाग्याे

30

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ प्रतिशतले उकालो लागेर चार सय ८१ दशमलव २८ मा पुगेको छ। आज नेप्सेमा कारोबार भएका १३ वटै उपसमूह बढेका छन्। आज कूल एक करोड ३३ लाख ७३ हजार चार सय ८१ कित्ता शेयर रु छ अर्ब १२ करोड ८२ लाख ६४ हजार पाँच सय ८० मा खरिद बिक्री भएका छन्।

नेप्सेकाअनुसार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआइसी इन्सोरेन्स र कुथेली बुथेली हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्सुरेन्सको संस्थापक शेयर, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य नौ दशमलव ९८ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नौ दशमलव १८ प्रतिशतले बढेको छ।

आजको कारोबारमा सेन्ट्रल फाइनान्सको शेयर मूल्य एक दशमलव ८८ प्रतिशत, लाइफ इन्सोरेन्स कर्पोरेशन लिमिटेडको एक दशमलव ५७, गुडविल फाइनान्स एक दशमलव २३, हिमालयन लघुवित्त वित्तीय संस्थाको एक दशमलव १२ र आइसीएफसी फाइनान्सको शेयरमूल्य एक दशमलव ०८ प्रतिशतले घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here