भाेलि पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि

38

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उहाँका छोरा अमेरिकाबाट सोमबार आइपुग्ने भएकाले उहाँको अन्त्येष्टि सोमबार तीन बजेपछि हुनेछ।

८३ वर्षीय पूर्व सभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले आइतबार दिउँसो उहाँलाई मृत घोषणा गरेको हो। अस्पतालका निर्देशक डा. योगेश न्यौपानेले अस्पताल मृत अवस्थामा  आइपुगेको जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो,“आइतबार दिउँसो अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। अस्पतालमा ल्याउँदा नै उहाँको मृत्यु भैसकेको थियो। अस्पतालमा ल्याएपछि उहाँको सिपिआर गरिएको थियो।”

उहाँ लामो समयदेखि  कलेजो र मिर्गौला रोगको समस्याबाट पीडित हुनुहुन्थ्यो। २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुखको जिम्मेवारी सम्हाल्नुभएका ढुङ्गाना वरिष्ठ अधिवक्तासमेत हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलले गहिरो दुःख व्यक्त गर्दै ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। ढुङ्गानाका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here