काठमाडाैं । नजिकिदै गरेकाे मंसिर १६ गतेकाे उप निवार्चनमा कीर्तिपुर नगरपालिकाकाे वडा नं. १ को वडा अध्यक्ष पदमा स्वतन्त्र रूपमा अर्जुन महर्जन नेपाःमिले उम्मेदवारी दिएका छन् ।
अहिले देशैभर उप निवार्चवन केन्द्रित भएकाे अवस्थामा सम्पूर्ण राजनैतिक दलहरू निवार्चनमा जित हासिल गर्न राजनीतिक दलहरुले पनि आ आफ्नो तयारीमा जुटेका बेलामा साहित्यकार एवम् सामाजिक युवा अभियान्ता कीर्तिपुर नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा अर्जुन महर्जन नेपाःमिले पनि स्वतन्त्र रुपमा उम्मेदवार बन्ने घोषणा गरेका हुन्
कीर्तिपुर नगरपालिका वडा नं. १ का स्थानीय लायकू निवासी महर्जन विभिन्न सामाजिक, सांस्कृतिक, साहित्यिक क्षेत्रमा क्रियाशिल अर्जुन नेपाःमिले उम्मेदवारी घोषणा संगसंगै संक्षिप्त घोषणा पत्र पनि जारी गरेका छन् ।
आजको आवश्यकता वडामा सामुहिक समाजबाद भन्ने मूल नाराका साथै अर्जुन नेपाःमि महर्जनले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । वडा नं. १ को वडा अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नु भएका अर्जुन महर्जन नेपाःमिले वडा नम्बर १ मा दुई बर्षका लागि ६ महिना भित्र गुरु योजना बनाई लागू गर्ने भन्दै आफूले गर्ने कार्यक्रम सहित संक्षित घोषणा पत्रमा यस्तो कुरा उल्लेख गरिएको छ
१) कीर्तिपुर नगरपालिका वडा नं. १ का सबै जनताको साझा जनप्रतिनिधिको चयन गर्न ।
२) कीर्तिपुरका प्राचिन वस्ती वडा नं. १ को बाघ भैरव मन्दिरदेखि लायकूसम्मलाई सांस्कृतिक पर्यटकीय क्षेत्रमको रुपमा विकासका लागि कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र ऐन २०७८ लागू गर्न ।
३) सबै किसिमका विकास निर्माणको कार्यमा नयाँ वस्तीहरुमा टोल विकास समिति गठन गरि नीति निर्माणदेखि कार्यान्वयमा समेत जनताको पहुँच पु¥याउन ।
४) वडामा जेष्ठ नागरिक र सुतकेरीका साथै नवजात शिशुको घर घरमा नै स्वास्थ्य उपचारको व्यवस्था गर्न ।
५) टोल–टोल, वडा–वडा स्तरको युवा परिषद् गठन गरि युवाहरुका लागि कार्यक्रम गर्न ।
६) महिला समुहहरुलाई टोल, वडा संजालनलाई नीति निर्माणदेखि कार्यान्वयन तह सम्म अनिवार्य रुपमा सहभागी गराउन ।
७) सबैको पहुँच शिक्षामा पु¥याउन आर्थिक रुपमा कमजोर, गरिव, जेहेन्दार वडाका विद्यार्थीहरुका लागि स्कूलमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गराउन ।
८) कीर्तिपुर नगरपालिका वडा नं। १ मा रहेको विष्णुदेवी अस्पतालाई स्तरउन्नती गर्दै स्वास्थ्य वडावासीका लागि विशेष व्यवस्था गर्न ।
९) परम्परागत गुथि, दाफा खलःदेखि भजनका गुरुहरुलाई समेत सांस्कृतिक भत्ताको व्यवस्था गर्न ।
१०) कीर्तिपुरको दरवार क्षेत्रका सम्वन्धित समुदायको सहमतिमा अझ सुविधा सम्पन्न र व्यवस्थित पुनरस्थापना सहितको प्याकेज बनाई ऐतिहासिक कीर्तिपुरको दरवार क्षेत्र घोषणा गर्न आवश्यक सिफारिस गर्ने साथै तत्कालिन अवस्थामा उक्त क्षेत्रमा समुदायकै सहमतिमा मापदण्ड निर्माण गर्ने ।
११) अति बृद्ध र असक्त जेष्ठ नागरिकहरुलाई बृद्धभत्ता घर घरमा पु¥याउने व्यवस्था गर्न ।
१२) जनताको दबावका कारण निर्माणाधीन लायकूको तलेजुलाई अध्ययण समितिले दिएको सुझाव अनुसार नै पूर्ण रुपमा निर्माण गर्न ।
१३) वडा भित्रका ऐतिहासिक, सांस्कृतिक सम्पदादेखि समुदायीक भूमिदेखि सरकारी भूमिको संरक्षण गर्न ।


















