एनपिएलको सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले पायाे

44

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कले प्राप्त गरेको छ।

एनपिएलको पहिलो संस्करणका सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।

डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपिएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो।

एनपिएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सकिनेछ । एनपिएल टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिवार सुरु हुने एनपिएल पुस ६ सम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here