काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
यसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार ७ सयको ५ प्रतिशत अर्थात् ६ करोड ११ लाख ६० हजार ५८५ रुपैयाँबराबरको बोनस सेयर दिनेछ। त्यसैगरी ३२ लाख १८ हजार ९७८ रुपैयाँको नगद लाभांश दिनेछ।
प्रस्तावित लाभांश वितरणपछि हुने चुक्ता पुँजीको १ बराबर १ कित्ता (शतप्रतिशत) हकप्रद सेयर निष्काशनको लागि समेत कम्पनीले वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने जनाएको छ।


















