काठमाडाैं । वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले नेपालमा स्टारलिंकको इन्टरनेट भित्र्याउन २ वर्षदेखि लबिङ गरिरहेको जनाएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अग्रवालले विगत २ वर्षदेखि लबिङ गर्दै आफु स्टारलिंकको पक्ष लबिङ गरिरहेको जानकारी गराए ।
‘स्टारलिंक सेवा नेपालका लागि अति आवश्यक सेवा हो । म स्टारलिंकको पक्षमा विगत २ वर्षदेखि लबिङ गर्दै आएको छु,’ अग्रवालले भने, ‘स्टारलिंकलाई पनि नेपालमा छिटो सेवा सुरू गर्न आग्रह गरेको छु । भौतिक संरचना बनाउन नसकिने ठाउँमा स्टारलिंकले राम्रो र भरपर्दो सेवा दिन सक्छ ।’
अहिले नेपालमा इन्टरनेट सेवा प्रदान गर्न अधिकतम ८० प्रतिशत शेयर विदेशीको र बाँकी २० प्रतिशत नेपालीको हुनुपर्ने कानुनमा व्यवस्था छ । तर स्टारलिंकले शतप्रतिशत शेयर स्वामित्व आफ्नो हुनेगरी नेपाल आउन खोजेको छ । त्यसैले कानुन परिमार्जनका लागि पनि स्टारलिंक तीब्र रूपमा लबिङ गरिरहेको छ ।


















