झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

23

झापा । जिल्लाकाे कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्।

आइतबार सम्पन्न उपचुनावमा स्वतन्त्र उम्मेदवार ओलीले चार सय ९३ मत ल्याएर निर्वाचित भएका जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।

उनका अनुसार नेकपा(एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत पाएका छन्।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए।

कन्काई–६ मा कुल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here