कीर्तिपुर वडा १ काे वडा अध्यक्षमा कांग्रेस विजयी

63

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी हुन सफल भएको छ ।

निर्वाचन अधिकृत इन्दिरा कार्कीले जनाए अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् ।

उनका अनुसार, नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् ।

०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका हिरा लाल महर्नन ७ सय ७८ मतसहित विजयी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here