छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

17

काठमाडौं । कैलाली, गोदावरी नगरपालिका-४ गोदावरीस्थित सडकमा म.२ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बस्ने ३० वर्षीय हिक्मत महराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । कास्की, पोखरा महानगरपालिका-१३ पाटनवेशीमा ग.२३ प ३५६१ नम्बरको मोटरसाइकलले ग.७ प ९०७५ नम्बरको स्कुटरलाई ठक्कर दिई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पोखरा महानगरपालिका-३३ बागमारा घर भई सोही महानगरपालिका-१३ बाझापाटन बस्ने १९ वर्षीय सरोज रामदामको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लमजुङ, दोर्दी गाउँपालिका-४ सादी खोलास्थित सडकमा पाचोकबाट नौथरसेरातर्फ जाँदै गरेको गण्डकी प्र.०२-००१ त ४४८० नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ केराबारी बस्ने २२ वर्षीय सुनिल परियारको घटनास्थलमै मृत्यु भएको छ । रोल्पा, सुनछहरी गाउँपालिका-३ डाँङजास्थित सडकमा रा.१ त ४१९८ नम्बरको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ मौलाबाङ बस्ने ३३ वर्षीय बर्मान बुढा मगरको मृत्यु भएको छ । रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ पाखा गाउँस्थित सडकमा खोपिचारबाट रूकुमकोटतर्फ जाँदै गरेको लु.प्र.०२००१ ह ०३५० नम्बरको अटो रिक्सा अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा अटोमा सवार सिस्ने गाउँपालिका-६ बस्ने १२ वर्षीया बिष्णु 5 बुढामगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल रूकुम पूर्वमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ४ जना मध्ये ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज बाँके पठाइएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बस्तीपुरस्थित सडकमा बस्तीपुरबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ह ०२५१ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-३ बस्तीपुर बस्ने ४२ वर्षीय मनोज लामाको मंगलबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-६ चौकीटोलस्थित सडकमा वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५५२४ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here