बेल्जियममा परराष्ट्रमन्त्री देउवाविरुद्ध प्रदर्शन

32
राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश विभाग बेल्जियमका उपसंयोजक रमेश कँडेलका अनुसार, मन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन पुगेको रास्वपाको टोलीलाई भेट्न नमानेपछि कार्यक्रम स्थलमा प्लेकार्ड सहित प्रदर्शन गरिएको छ। कँडेलका अनुसार, पार्टीका कार्यकर्ताहरूले आफूले बुझाउन चाहेको ज्ञापनपत्र मन्त्रीलाई नदिएको प्रति विरोध जनाउन कार्यक्रम स्थलमा विरोध प्रदर्शन गरेको बताए।

मन्त्री देउवा कार्यक्रममा सहभागी भइरहेको बेला, कार्यक्रम स्थल बाहिर प्रदर्शनकारीहरूले ‘भ्रष्टाचारी विरुद्ध एकजुट हौं’, ‘सहकारी पीडितलाई न्याय दे,’  लोकतन्त्र जिन्दावाद’, ‘गिरिबन्धु भुटानी शरणार्थी टेरामेक्स वाईडवडी काण्ड छानबिन गर’,  ‘ओली सरकार मुर्दावाद’ लगायतका लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रर्दशनकारी मध्येका एक माधव सापकोटाले भने, ‘हामी यहाँ ज्ञापनपत्र मात्र बुझाउन आएका थियौँ, तर पार्टीको कार्यक्रम भनेर रेष्टुरेन्टको माथिल्लो तलमा लगेर गोप्य रुपमा कार्यक्रम गरियो। हाम्रा कुराको सुनुवाइ भएन, त्यसैले हामी विरोध गर्न बाध्य भयौँ।’

स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च, बेल्जियमका संयोजक कृष्ण दाहाल र सचिव डा। गोकर्ण पाण्डेयद्वारा जारी एक ज्ञापन पत्रमा नेपाल सरकारको रवि लामिछानेको गिरफ्तारीप्रति कडा आपत्ति जनाइएको छ। उनीहरूले हालैका घटनाहरूलाई राजनीतिक प्रतिशोधको हिस्सा भनेर चित्रित गर्दै यसलाई घोर भर्त्सना गरेका छन्।

ज्ञापन पत्रमा भनिएको छ, ‘नेपालमा वर्तमान सरकार द्वारा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछाने ज्यूलाई राजनीतिक प्रतिशोधको आधारमा गिरफ्तार गरिएको छ।’ र उनीहरूले सहकारी ठगी प्रकरणमा लामिछानेको कुनै संलग्नता नरहेको पुष्टि गरिसकेको भएता पनि, सरकारको तर्फबाट सभापति लामिछानेलाई गिरफ्तार गर्नु स्पष्ट राजनीतिक पूर्वाग्रहको परिणति भएको बताएका छन्।

ज्ञापन पत्रमा संसदीय छानबिन समितिले लामिछानेसँग उक्त सहकारी ठगी प्रकरणको कुनै सम्बन्ध नरहेको पुष्टि गरिसकेको बेला, सरकारले उनलाई गिरफ्तार गर्नु गलत र अन्यायपूर्ण रहेको मञ्चका पदाधिकारीहरूको भनाइ छ। यो कदमलाई ‘गिरीबन्धु’,’टेरामक्स’, ‘भुटानी शरणार्थी’, ‘वाईडबडी’, र ‘अरबौंको जग्गा दान प्रकरण’ जस्ता अन्य विवादास्पद मुद्दाहरूलाई ओझेलमा पार्न गरिएको षड्यन्त्रको रूपमा बुझिएको छ।

साथै, विभागले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आफ्नो घोर आपत्ति जनाएको  छन्। सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएर राति सुतिरहेको बेला अचानक उठाएर, मध्यरातमा चितवनबाट पोखरा पुर्‍याइयो। यो घटनाले सरकारको दुरुपयोग र अमानवीय व्यवहारको सङ्केत गर्दछ,र ज्ञापन पत्रमा भनिएको छ।

उनीहरूले लामिछानेको निजी डायरी हिरासतमा गायब भएको घटनालाई पनि कडा शब्दमा निन्दा गरेका छन्। सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ। यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ,र ज्ञापनमा जोड दिइएको छ।

स्वतन्त्र प्रवासी नेपाली सम्पर्क विभागले उक्त घटनामा जिम्मेवार व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गर्दै, सरकारसँग सचेतता र निष्पक्ष छानबिनको अपिल गरेको छ।

ज्ञापनपत्रको अन्त्यमा, विभागले देशभर र विदेशमा रहेका नेपालीलाई एकजुट भई भ्रष्टाचार र राजनीतिक षड्यन्त्रहरूको विरोध गर्न आह्वान गरेको छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्ने बेल्जियम बासी नेपालीहरूले राजनीतिक प्रतिशोधमा भएको यो गिरफ्तारीको कडा विरोध गर्दै, तथ्यमूलक छानबिन गरेर नेपाल सरकारलाई सभापति लामिछानेको अविलम्ब रिहाइको माग गर्दछ,र भनिएको छ।’ nagariknews

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here