म्यानमारबाट थाइल्यान्ड पुर्‍याइएका पाँच जनाको डिपोर्ट

41

काठमाडौं । म्यानमारबाट थाइल्यान्ड पुर्‍याइएका पाँच जनाको डिपोर्ट भएको छ। अवैधानिक रुपमा म्यानमार पुर्‍याइएका भनिएका चार पुरुष गत डिसेम्बर १७ र एक महिलाको आज डिपोर्ट भएको हो।

उनीहरु सबै म्यानमारको मेवाडीबाट थाइल्याण्ड ल्याइएका थिए। बैङ्ककस्थित नेपाली दूतावासका अनुसार सबैलाई सरकारी र गैरसरकारी निकायको समन्वयमा उद्धार गरिएको थियो।

दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच जना नेपाली नागरिकमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, क्ष्इः त्जबष्बिलम तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही डिसेम्बर १७ मा नेपाल फर्काइएको र आज डिसेम्बर २४ मा १ जना महिलालाई नेपाल फर्काइएको छ। नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ।’

embassy-nepal-thailand-1735033539.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here