सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर युवाको मृत्यु

68

रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ ।

बुधबार दिउँसो पुलबाट हाम्फालेका रुकुम पूर्वको सिस्ने गाउँपालिका –७ नाथिगार घर भई हाल मुसिकोट खलङ्गा बस्ने २७ वर्षीय लक्ष्मण नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

पुलबाट हाम्फालेका नेपालीको शव पुलमुनि फेला परेको र मुचुल्का बनाउने काम भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल मुचुल्कापश्चात् मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइने बताइएको छ । घटनाको थप अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here