एक हजार दुई सय ९८ जना फरार प्रतिवादी पक्राउ

30
काठमाडौं । करिब पाँच महिनाको अवधिमा काठमाडौंमा एक हजार दुई सय ९८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वायन अभियान अन्र्तगत १ साउनदेखि १२ पुससम्म पक्राउ परेका प्रतिवादीबाट एक सय २० वर्ष १० दिन कैद र चार करोड ४९ लाख जरिवाना असुल भएको काठमाडौं प्रहरीले जनाएको छ।

पुस ११ गते मात्र एकैदिन ७१ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए। दण्डहिनता अन्त्य गर्ने उदेश्य प्राप्तिका लागि अघि बढाइएको यो अभियानमा सूचना दिएर सहयोग गर्न प्रहरीले आग्रह गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here