धनकुटा । महालक्ष्मी नगरपालिका-९ गुराँसे डाँडा बस्ने नारायण बहादुर थापाको गोठबाट भरूवा बन्दुक १ थान, बारूद ५ सय ग्राम र छर्रा १ सय ५० ग्राम आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार नारायण बहादुरको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















