रौतहटमा २५ घर जलेर नष्ट

47

काठमाडौं । रौतहटको राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ भन्दा बढी फुसको घर जलेर नष्ट भएको छ।

स्थानीय बाबुलाल हजराको घरमा विद्युत सर्ट भब आगोबाट हजरा नजिकै रहेको दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरासहितका घर पूर्ण रूपमा जलेको छ।

प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको बारुण यन्त्र घटनास्थल पुगेपनि मध्यरातको आगोका कारण बढी क्षति भएको प्रहरीले बताएको छ। यद्यपि मानवीय क्षति नभए पनि लत्ता कपडा, अन्नपात नष्ट भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here