आज रवि लामिछानेका तर्फका कानुन व्यवसायीहरूले थुनछेक बहस गर्ने

54

पोखरा । सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आज रवि लामिछानेका तर्फका कानुन व्यवसायीहरूले थुनछेक बहस गर्ने भएका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा लामिछानेको तर्फका कानून व्यवसायीहरूले थुनछेक बहस गर्ने भएका हुन्। न्यायाधीश नितिश राईको इजलासमा थुनछेक बहस भइरहेको छ।

यस अघि पूर्व डिआईजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक बहस भएको थियो।

रविको तर्फबाट वकिलले गरेको बहसपछि सोही प्रकरणमा पक्राउ परेकी एमाले नेतृ एवं गण्डकी प्रदेश सभाकी पूर्व सांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस बाँकी रहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here