काठमाडौं । सामसङको ग्यालेक्सी एस२५ सिरिज एआई फिचरले भरिपूर्ण हुने भएको छ । हालै बाहिरिएका विभिन्न सूचना अनुसार एआईलाई नयाँ उचाइ दिन सामसङले विभिन्न फिचर पस्कने छ ।
यसमा पहिलेका लोकप्रिय फिचरहरू नोट असिस्ट, इन्टरप्रेटर, लाइभ ट्रान्सलेट, म्याजिक कम्पोज, फोटो एडिटिङ टुल लगायतका सुविधा यथावत् हुनेछन् । एस२५ सिरिजमा थप फिचर ल्याई एप्पल लगायतका प्रतिस्पर्धी कम्पनीहरूलाई पछि पार्ने ध्याउन्नमा सामसङ छ ।
प्रविधि सम्बन्धी जानकारी दिने विश्वसनीय लिकर आइस युनिभर्स (@UniverseIce) ले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “सामसङ ग्यालेक्सी एस२५ ले एप्पललाई एआईको नेतृत्व कसरी गरिन्छ भनेर देखाउनेछ । एस२५ मा धेरै नयाँ एआई सुविधाहरू अहिलेसम्म बाहिर आएको छैन, जुन मलाई धेरै अनौठो लागेको छ ।”


















