मानव बेचबिखन कार्यमा ४ जना पक्राउ

70

काठमाडौं ।  प्रहरीले मानव बेचबिखन कार्यमा सलंग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य बरदहियाका ३५ बर्षीया मनेजर राय, महोत्तरीको भंगहा नगरपालिका–२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राति चौधरी, ओखलढंगाको देयाले गाउँपालिका–५ का ३३ बर्षीया दिपेश राई र बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ बस्ने ३८ बर्षीया मिरा कुमारी महतो रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार नजिकै सञ्चालनमा रहेको एक होटलबाट पक्राउ गरिएको हो ।

उनीहरुको समूहले होटलमा आएका ग्राहकहरुलाई सम्पर्क गरी शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको पाइएको प्रहरीले जनाएको छ ।

साथै विभिन्न दुई होटलबाट २ जना महिलाको उद्धार गरिएको समेत जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here