२२० जना नागा संन्यासी बने

56
A Sadhu, or Hindu holy man, looks on as he walks to take a holy dip in Sangam, the confluence of the Ganges, Yamuna and mythical Saraswati rivers, during the Maha Kumbh Mela festival in Prayagraj on January 13, 2025. Vast crowds of Hindu pilgrims in India bathed in sacred waters as the Kumbh Mela festival opened on January 13, with organisers expecting 400 million people -- the world's largest gathering of humanity -- to assemble over six weeks. (Photo by Niharika KULKARNI / AFP)

घर, परिवार र सुखसुविधाबाट मुक्त भएर थप २२० जना सन्यास लिएर नागा संन्यासी बनेका छन् । जसमा दुई सय पुरुष र २० महिला रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दैनिक जागरणको समाचारअनुसार पिण्ड दान र विजया हवन गरेर उनीहरूले सनातन धर्ममा आफ्नो जीवन समर्पित गरेका हुन्।

सन्यास लिनेहरूमा उत्तर प्रदेश, मध्य प्रदेश, पश्चिम बंगाल, छत्तीसगढ र बिहारका पुरुष र महिलाहरू छन् । महाकुम्भमा हालसम्म जुना अखाडामा ४ हजार ५ सय नागा संन्यासी र २१ सय ५० संन्यासी बनिसकेका छन् ।

अमृत स्नान ग्रहण गर्ने नयाँ नागा संन्यासीहरूको मनमा हर्ष र उत्साह देखिएको अखिल भारतीय अखडा परिषद्का महासचिव महन्त हरि गिरीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here