आज न्यूनतम तापक्रम घट्याे

62

काठमाडौं । आज काठमाडौंको न्यूनतम तापक्रम आइतबार पनि घटेको छ।

जल  तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ । शनिबारको तुलनामा बिहानीपख काठमाडौंमा केही बढी चिसो महशुस भएको छ।

शनिबार न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि शुक्रबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो।

काठमाडौंमा आज दिनभरि मौसम सफा रहने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।

एक साताअघि  गत आइतबार काठमाडौंको न्यूनतम तापक्रम ८.१  डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि सोमबार ६.१ , मंगलबार ६.३, बुधबार ८.५, बिहीबार ८,  शुक्रबार ६.२ र शनिबार ५.८  डिग्री सेल्सियस मापन भएको थियो।

यसले बिहीबारदेखि काठमाडौंको न्यूनतम तापक्रम लगातार घटिरहेको देखाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here